Comments Add Comment

दयाको फेरिएको बोली, अझै ९ फिल्म रिलिज हुनै बाँकी

नायक दयाहाङ राइले चलचित्रको व्यापार निरन्तर ओरालो लागेपछि कम चलचित्रमा काम गर्ने बताएका थिए । यसैले दयाहाङले अब विशेष चलचित्रमा मात्र काम गर्छन् कि भन्ने सोच धेरैको थियो । तर, नायक राइको चलचित्र रिलिज र निर्माणको संख्या हेर्दा जिव्रो टोक्नु पर्ने अवस्था छ । उनका ५ चलचित्र रिलिजको तयारीमा छन् । नायक राइले भने–‘मैले अब कम चलचित्र खेल्छु भनेपछि नयाँ चलचित्रमा साइन गरेको छैन । जती पनि चलचित्र छन्, सबै पहिले नै कुरा भएका प्रोजेक्ट हुन् ।’

नायक राइले अभिनय गरेका ३ वटा चलचित्रको यो साता कार्यक्रम आयोजना गरिएको । जुन रिलिजको लागि तयारीमा छन् । ‘साइँली, आप्पा, दयारानी, निरफूल, जात्रै जात्रा’ दयाका रिलिज हुने क्रममा रहेका चलचित्र हुन् । यी बाहेक ४ वटा चलचित्र छायांकनमा जान बाँकी नै रहेको दयाहाङले बताएका छन् ।

वुझिएअनुसार, दयाले यी ९ वटा प्रोजेक्ट सकेपछि आफै चलचित्र निर्देशन गर्ने तयारी थालेका छन् । उनले आफूले चलचित्र निर्देशन गर्ने सोच धेरै पहिलेदेखि नै बनाएको भन्दै कहिले गर्छु भनेर आफूलाई नै थाहा नभएको सुनाए ।
नायक राइलाई एक पत्रकारले सोधे, के तपाइको स्टारडम कमजोर बनेको हो ? उनले भने–‘यो त तपाइलाई नै थाहा होला । खै, मैले त काम गरिरहेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment