Comments Add Comment

‘बाहुबली’ स्टारको अक्षय र जोनलाई चुनौती

साउथमा सुपरस्टार प्रभाषको ‘बाहुवली र बाहुवली २’ रिलिज पश्चात बलिउडमा पनि निकै राम्रो क्रेज बनेको छ । यसैले, पनि उनको नयाँ चलचित्रसँग बलिउडका चलचित्र डराउने पक्का छ । सन् २०१९ को स्वतन्त्रता दिवसमा प्रभाषको नयाँ चलचित्र ‘साहो’को प्रदर्शन मिति तय गरिएको छ । उनको चलचित्र अब अगष्ट १५ तारिखमा रिलिज हुने भएको छ । हिन्दी भाषामा पनि यो चलचित्रले राम्रो कमाई गर्ने अपेक्षा गरिएको छ ।

तर, प्रभाषले यो मितिमा आफ्नो चलचित्र रिलिज गर्ने घोषणा गरेपछि बलिउडका २ चर्चित नायकको तनाव भने बढेको छ । यो मितिमा नायक अक्षय कुमार र जोन अव्राहिमको चलचित्र आउने पक्का छ । चलचित्र ‘साहो’मा प्रभाषको साथमा नायिका श्रद्धा कपुर, ज्याकी श्राफ, मन्दिरा बेदी लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रभाषको यो चलचित्रमा एक्सनलाई प्राथमिकता दिइएको छ । दुबइमा चलचित्रको एक्सनका दृश्यहरु खिचिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment