Comments Add Comment

म्यान्चेस्टर सिटी ईएफएल कपको सेमिफाइनलमा प्रवेश

४ पुस, काठमाडौं । म्यान्चेस्टर सिटी ईएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको क्वाटरफाइनल खेलमा लेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित गर्दै म्यान्चेस्टर सिटी सेमिफाइनलमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो ।

म्यान्चेस्टर सिटीले खेलको सुरुवाती समयमा नै लिएको अग्रता जोगाउन नसक्दा पेनाल्टीमा पुगेको थियो । खेलको १४औं मिनेटमा नै केभिन डि ब्रुयनले गोल गर्दै म्यान्चेस्टर सिटीलाई १–० गोलको अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलले अघि रहेको म्यान्चेस्टर सिटीले दोस्रो हाफमा गोल खान पुग्यो । खेलको ७३औं मिनेटमा मार्क अलब्रिगटनले गोल गर्दै लेष्टर सिटीलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । बाँकी समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीबाट छिनोफानो भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment