Comments Add Comment

राष्ट्रिय जलवायु सम्मेलन : प्रतिनिधिहरु १० किलोमिटर सुरुङमार्ग हुँदै आउने

४ पुस, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनमा सहभागी हुन आउँने प्रतिनिधिहरुलाई मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग हुदै कार्यक्रम स्थलसम्म ल्याइने भएको छ ।

स्वच्छ नेपाल, स्वस्थ नेपाली भन्ने मुल नाराका साथ सिन्धुपाल्चोकमा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनमा सहभागी हुने प्रतिनिधिलाई १० किलोमिटर सुरुङ मार्ग हुँदै कार्यक्रम स्थलमा ल्याउन लागिएको हो ।

मेलम्ची नगरपालिका ९, ज्यामिरे गुफाडाँडामा पुस १६ र १७ गते जलवायु सम्मेलन हुन लागेको हो । काठमाडौको सु्न्दरीजलदेखि सिन्धु अडिट मार्ग हुदै प्रतिनिधिहरुलाई सम्मेलन स्थलमा ल्याउने तयारी गरेको छ ।

सुन्दरीजलदेखि सिन्धु अडिटसम्मको १० किलोमिटर सुरुङ मार्गबाट प्रतिनिधिहरुलाई ल्याउनका लागि मेलम्ची खानेपानी आयोजनासँग छलफल भएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

सम्मेलनस्थल गुफाडाँडा

जलवायु परिवर्तन काकारण हिमालयहरुमा हिउँ नपर्ने समस्याले भोलिका दिनमा मुहान सुकेर सुरुङमात्रै बाँकी रहने त हैन भन्ने गम्भीर प्रश्नमा पनि छलफल होस् भन्ने आयोजकको चाहनाका कारण पनि सुरुङ मार्ग प्रयोग गर्न लागिएको उनले बताए ।

जलवायु सम्मेलनले निम्त्याएको असर र अबको भुमिकाको विषयमा केन्द्रित रहेर जिल्ला समन्वय समिति महासंघको आयोजना र सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको व्यवस्थापनमा जलवायु सम्मेलन हुदैछ ।

राष्ट्रिय जलवायु सम्मेलन प्रचार ¬प्रसार उपसमितिले आयोजना गरेको पत्रकार सम्मेलनमा जलवायु सम्मेलनको सम्पुर्ण तयारी करिब अन्तिम चरणमा पुगेको मूल व्यवस्थापन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए ।

मेलम्चीलगायत जिल्लाका खोला तथा नदीमा बन्ने आयोजनाहरुबाट जलवायु परिवर्तनमा पर्ने असर न्युनीकरण र असर वापतको स्थानीयतहमा शुल्क व्यवस्थापनका विषयमा पनि सम्मेलनमा छलफल हुनेछ ।

सम्मेलनपछि सुन्दर हिमाली क्षेत्र गुफा डाँडा र आसपासका गाउँहरुले पर्यटक आकर्षण गर्नेछन् भन्ने अपेक्षा रहेको जिल्ला समन्वय समितिकी उपप्रमुख बालकुमारी सापकोटाले जानकारी दिइन् ।

सम्मेलनले जिल्लाको पर्यटन प्रवर्द्धन हुने

जलवायु सम्मेलन पछि सिन्धुपाल्चोक र यस क्षेत्रको पयर्टन प्रर्वद्धनमा टेवापुग्ने आयोजकको दाबी छ । ‘हेलम्बु क्षेत्र, जुगल हिमाललगायत सिन्धुपाल्चोकका पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन्छ’ उपप्रमुख सापकोटाले भनिन् ।

७६ जिल्लाको सहभागीता रहने

सम्मेलनमा ७७ वटै जिल्लाका प्रमुख, उपप्रमुखसहित एक जिल्लाबाट तीनजनाको सहभागीता रहने छ ।

सम्मेलन स्थलमा ७७ वटै जिल्लाको नाम अंकित नेपालको झण्डा राखिने छ । सम्मेलनका क्रममा जिल्ला समन्वय समितिका प्रमुखहरु वा लिखित अख्तियारी प्राप्त समन्वय समितिका अन्य अधिकारीले प्रमुख अतिथिले संगै नाम अंकित झण्डोतोलन गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कार्यक्रममा ७८ औं झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ । कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री, मन्त्रीहरु, सिन्धुपाल्चोकका संघ तथा प्रदेशका सदस्यहरु सबै नगरपालिका तथा गाउँपालिकका प्रमुख तथा उपप्रमुखहरु, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायहरुकाप्रमुख, कार्यालयका प्रमुखलगायतको सहभागिता रहने छ ।

सम्मेलनमा १ करोड बढी खर्च हुने

राष्टिय जलवायु सम्मेलनमा १ करोड बढी खर्च हुने आयोजकले अनुमान गरेको छ । आर्थिक उपसमिति संयोजक सकुन्तला माझीका अनुसार आर्थिक संकलन जुटाउने कार्यत्र पनि तीब्र रुपमा अघि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment