Comments Add Comment

रविन्द्र भन्छन्–‘मलाई कमेडीमा मात्र सिमित नराख्नुहोस्’

अहिले निर्माण भैरहेका चलचित्रमा कलाकारद्धय बुद्दि तामाङ र रविन्द्र झा थोरै दृश्यमा भएपनि देखिएका हुन्छन् । चरित्र अभिनेताको रुपमा यी कलाकारको उपस्थिती बलियो त बनेको छ । तर, यी कलाकारले धेरै चलचित्रमा काम गरेपनि एउटै खालको भूमिकामा सिमित भएको पाइन्छ ।

दर्शकलाई ‘कबड्डी’मा ‘हैट’ भनेर हसाँएका वुद्दि तामाङ आज पनि सोही संवाद बोलिरहेका छन् । ‘जात्रा’मा कलाकार रविन्द्र झाले गरेको अभिनयको शैली आज पनि उस्तै छ । यसरी हेर्दा यी कलाकारले काम त धेरै गरे, तर विविधता ल्याउन सकेका छैनन् ।

यसमा उनीहरुको मात्र कमजोरी पनि नहुनसक्छ । निर्माता–निर्देशकले उनीहरुलाई परिवर्तन गर्न नसकेको पनि हुनसक्छ । चलचित्र ‘न यता न उता’मा ‘डन’को भूमिकामा देखिएका रविन्द्रले आफ्नो भूमिकालाई लिएर असन्तुष्टी जनाएका छन् । उनले भने–‘यो चलचित्रमा मैले छोटो भूमिका भएपनि गरेँ । किनकी, यसपटक दर्शकले मलाई भिन्न अवतारमा देख्नुहुनेछ । तर, मलाई सधै कमेडी मात्र गर्न सक्छ भन्ने सोचबाट निर्माताहरु पनि मुक्त हुनुपर्छ । मलाई फरक भूमिका गर्नका लागि चुनौती दिनुहोस् ।’

उनले, नयाँ खालको भूमिका गर्न नपाएकोमा असन्तुष्टी जनाएका छन् । आफूले हरेक किसिमको भूमिकामा काम गर्न सक्ने भएकाले आफूलाई फरक भूमिका दिन उनले आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment