Comments Add Comment

आतसबाजी रोक्न उच्च अदालतमा रिट दायर

५ पुस, पोखरा । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ पोखराको लेकसाइडमा मध्यरातमा गरिने आतसबाजी रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट परेको छ ।

नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड वार एसोसियसन (रेवान)ले यही पुस १३ देखि १७ गतेसम्म लेकसाइडमा आयोजना गर्नेसडक महोत्सवको मुख्य दिन मध्यराति आतसबाजी गर्ने कार्यक्रम छ ।

उक्त कार्यक्रममा बिष्फोटक आतसबाजी नगर्नु, गर्न नदिनु भन्ने आदेश जारी गरिपाउँ भन्दै पोखराका सामाजिक अभियन्ता रामबहादुर पौडेलले उच्च अदालतमा रिट दायर गरेका हुन् ।

रिट दायरकर्ता पौडेल राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्षसमेत हुन् ।

पौडेलले रिटमा आफूसहितको नागरिक अगुवाहरुको टोलीले पटकपटक आतसबाजी रोक्न आग्रह गर्दापनि आयोजक आतसबाजी नगरी नछाड्ने अडानमा रहेकाले रिट दर्ता गर्न बाध्य भएको बताएका छन् ।

आतसबाजी गर्दा फेवातालमा रहेका जलचर र मिसार क्षेत्रमा रहेका पन्छी/प्राणीहरु तथा रानीवनका संवेदनशील अप्राप्य जनावरहरुलाई दुष्प्रभाव पर्ने, बसुन्धरा, कोमागार्ने पार्क र केदारेश्वर मन्दिरको धार्मिक तथा सांस्कृतिक र पुरातात्विक वस्तुलाई असर गर्ने, वातावरण प्रदुषण गरी मानव स्वास्थ्यमा प्रतिकुल हुने दावी पौडेलको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment