Comments Add Comment

महासमिति बैठकमा जिल्ला सभापतिहरुले थाले हस्ताक्षर अभियान

५ पुस, काठमाडौं । विधानबारे पार्टी शीर्ष तहमा सहमति जुट्न नसकिरहेका बेला कांग्रेसका जिल्ला सभापतिहरुको अगुवाइमा हस्ताक्षर अभियान सुरु भएको छ । उनीहरुले विधानबारे चारबुँदे माग अघि सारेका छन् ।

‘ककनीबाट २४ वटा माग लिएका आएका थियौं । त्यसमध्ये यो चार वटा स्वीकार गरियोस् भनेर भनेका छौं’ काभ्रे जिल्ला सभापति मधु आचार्यले अनलाइनखबरसँग भने ।

उनका अनुसार महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति स्वतः हुने प्रावधान खारेज गर्नुपर्ने पहिलो माग छ । हाल विधान संशोधन मस्यौदा समितिले केन्द्रीय सदस्य क्षेत्र महासमिति र महाधिवेशन प्रतिनिधि हुने र जिल्ला सभापतिहरु स्वतः क्षेत्रीय प्रतिनिधि हुने प्रस्ताव गरिएको छ ।

आरक्षण कोटा तथा एक तहमा एक पटक मात्र पाउने व्यवस्था गर्नुपर्ने, प्रदेश र स्थानीय तहको टिकट वितरण त्यही तहको संसदीय समितिले गर्नुपर्ने पनि माग छ ।

साथै पदाधिकारी संख्या बढाउनुपर्ने र समावेशी हुनुपर्ने चौथो माग रहेको आचार्यले बताए । उनले भने, ‘धेरैभन्दा धेरै जिल्ला सभापति र महासमिति सदस्यहरुको हस्ताक्षर संकलन गरेर पार्टी नेतृत्वलाई बुझाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment