Comments Add Comment

मन्त्री मगरको तर्क : मेलम्चीको ठेकदारले काम छाडे पनि घाटा लाग्दैन

५ पुस, काठमाडौं । खानेपानीमन्त्री विना मगरले इटालीयन ठेकदार कम्पनीले काम छाडे पनि नेपाल सरकारलाई आर्थिक रुपमा घाटा नलाग्ने दावी गरेकी छन् ।

बिहीबार संसदको अर्थ समितिको बैठकमा उनले  ठेकदारलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन् ।

‘ठेक्का तोड्ने भनेर सीएमसीले लेटर दिएपछि नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्र्ड बैंकमा रहेको धरौटी रकम जफत गर्ने निर्णय गरिसकेका छौं, सम्बन्धित बैंकमा पत्राचार गरिसकेका छौं । २ अर्ब ५६ करोड हामीले छिटै नै पाउँछौं’ मन्त्री मगरले भनिन् ‘आर्थिक रुपमा नेपाल सरकारलाई ठूलो क्षति पुग्दैन ।’

मेलम्चीको ९३ प्रतिशत काम सकिइसकेको उनले दावी गरिन् ।  ठेकदार कम्पनी सीएमसीको मागहरु नेपाल सरकारको नियमभन्दा बाहिर गएर पूरा नगर्ने पनि उनले बताइन् ।

तीब्र गतिमा काम भइरहेका बेला ठेकदार कम्पनी सीएमसीले काम छाडेर भागेको शैलीमा हिँड्दा सरकार चकित परेको मन्त्री मगरले बताइन् । अहिले पनि ठेकदारसँग वार्ता भइरहेको र सरकारको नियमअनुसार सहमति गर्ने उनले बताइन् ।

यो पनि पढ्नुहोस अड्कियो मेलम्चीको पानी, ठेकदारबाट फेरि धोका ! यो पनि पढ्नुहोस इटाली भाग्न खोज्ने मेलम्ची आयोजनाका ८ कर्मचारी पक्राउ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment