Comments Add Comment

वितरण कम्पनीमा दिपक, के शक्तिशाली बन्ने धुनमा छन् ?

५ वटा चलचित्र निर्माण गरेका निर्माता तथा कलाकार दिपकराज गिरी अन्तत चलचित्र वितरणमा पनि अगाडि बढेका छन् । काठमाण्डौ बाहिरको चलचित्र वितरणमा शक्तिशाली देखिएको एफडी कम्पनीमा उनको प्रवेश भएको हो । योसँगै दिपकराज गिरीको पनि अब यो कम्पनीमा शेयर हुनेछ ।

चलचित्र ‘छक्का पन्जा ३’ रिलिजको समयमा वितरक र निर्माताविचको लडाइले दिपकलाई तनाव भएको थियो । यसैले, यो राजनीतिबाट पार पाउनका लागि उनले यो निर्णय लिएको हुनसक्छ । चलचित्र वितरक समेत भएपछि दिपकलाई अब चलचित्र निर्माण र प्रदर्शनको समयमा तनाव कम हुने वुझ्न सकिन्छ ।

चलचित्र ‘छक्का पन्जा ३’को समयमा भएको अस्वस्थ राजनीतिका कारण दिपकले हल समेत संचालन गर्ने मनासय बनाएका थिए । नेपालमा चलचित्र वितरक र हल संचालक नभई चलचित्र चलाउन मुश्किल पर्ने अवस्था छ ।
एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन लगायतले उनलाई कम्पनीमा स्वागत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment