Comments Add Comment

नेप्सेद्वारा ५ बैंकको सेयर कारोबार रोक्का

५ पुस, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ५ बैंकको सेयर कारोबार रोक्का गरेको छ । सूचीकरण नियमावलीको कार्यान्वयन नगरेको पाइएपछि ३ वाणिज्य बैंकसहित ५ बैंकको सेयर कारोबार रोक्का गरिएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले अनलाइनखबरलाई बताए ।

प्रवक्ता पराजुलीका अनुसार वाणिज्य बैंकहरुमा सनराइज बैंक, हिमालयन बैंक र मेगा बैंकको कारोबार रोकिएको छ भने विकास बैंकहरुमा मिसन डेभलपमेण्ट बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरिएको छ ।

सूचीकरण नियमावली साथै परिपत्र समेतलाई बेवास्ता गरेको पाइएपछि कारोबार रोक्का गर्ने निर्णय गरिएको उनले बताए । नेप्सेको सूचीकरण शाखाले सूचीकृत कम्पनीहरुलाई सूचना प्रवाह गर्ने लगायत विषयमा जारी गरेको परिपत्र कार्यान्वयन नगरेको पाइएपछि कारोबार बन्द गरिएको उनले बताए ।

-यसअघि सांग्रिला डेभलपमेन्ट बैंक हुनु पर्नेमा शाइनरेसुंगा डेभलपमेन्ट बैंक हुनगएकाेमा सच्याइएको छ ।  (सम्पादक)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment