+
+
Shares

वीरगञ्ज महानगरपालिकाको कामकाज दिनभर ठप्प

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ६ गते १६:२९

६ पुस, वीरगञ्ज । कर्मचारीको आन्दोलका कारण वीरगञ्ज महानगरपालिकाको कामकाज दिनभर ठप्प भएको छ । सरकारले जारी गरेको कर्मचारी समायोजन अध्यादेशको विरोध गर्दै स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल नगरपालिका कर्मचारी एसोसिएशन आन्दोलनमा छ ।

नेपाल सरकारबाट मंसिर २३ गते जारी भएको कर्मचारी समायोजन अध्यादेश २०७५ जारी गरेको छ । अध्यादेश पेशागत स्थायित्व र कर्मचारी समायोजनका लागि सबै सेवाबीच समान व्यवहार नभएको भन्दै स्थानीय तह ट्रेड युनियन संयुक्त आन्दोलन परिचालन समिति मार्फत कर्मचारीहरु आन्दोलित छन् ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नै महानगरपालिका कार्यालयमा धर्नामा बसेर काम कारबाही ठप्प पारिएको स्थानीय तह कर्मचारी संघ, नेपाल वीरगञ्ज इकाइ समितिका अध्यक्ष मुकेश गुप्ताले बताए । अत्यावश्यक मानिएका सरसफाइ, दमकल सेवालगायतका कामबाहेक अन्य कामहरु ठप्प रहेको उनले बताए ।

कर्मचारीहरु धर्नामा बसेर कामकाज ठप्प पारेका कारण महानगरपालिका पुगेका सेवाग्राहीहरु मर्कामा परेका छन् । उनीहरु काम नै नसकी घर फर्कन बाध्य भएका छन् । वीरगञ्ज महानगरपालिकामा ५ सय भन्दा बढी स्थानीय तहका कर्मचारीहरु छन् ।

कर्मचारीले सर्वोच्च अदालतको २०७४ पुस २१ ग्तेको फैला आदेशको कार्यान्वयनका लागि कर्मचारी समायोजन अध्यादेश २०७५ को दफा १५ मा व्यवस्था हुनुपर्ने, साविकको स्थानीय निकायका कर्मचारीहरुको स्थायित्व साथै सेवा निरन्तरताको व्यवस्था हुनुपर्ने, स्थानीय निकायका श्रेणि बिहिन कर्मचारीहरुको स्तरवृद्धि, तह बढुवा लगायतका वृत्ति विकास तत्काल लागु हुनुपर्ने, समायोजन हुने कर्मचारीहरुलाई समान व्यवहार गरिनुपर्ने माग राखेका छन् ।

त्यसैगरी जिल्ला समन्वय समितिमा स्थानीय सेवाको नै दरबन्दी हुनुपर्ने, जिल्ला समन्वय समितिमा कार्यरत अस्थायी, करार, ज्यालादारी र सामाजिक परिचालक कर्मचारीहरुको सेवा निरन्तरताको ग्यारेन्टी हुनुपर्ने, काठमाडौं उपत्यकालगायत केही स्थानीय तहमा फोहोरमैला तथा सरसफाइ क्षेत्रमा कार्यरत कर्मचारीहरुको पेशागत सुरक्षाको प्रत्याभूति नगरी निजी क्षेत्रमा लैजान लागेकोले त्यो कार्य तत्काल रोकी सोही क्षेत्रमा रोजगारीको ग्यारेन्टी गरिनुपर्ने माग कर्मचारीहरुको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?