Comments Add Comment

सप्तरी कारागारका एकजना थुनुवाको मृत्यु

६ पुस, सप्तरी । सप्तरी कारागारका एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारतको हरियाणा प्रदेशका सतीश अग्रवालको शुक्रबार दिउँसो मृत्यु भएको जेलर सत्यनारायण यादवले जानकारी दिए ।

४५ वर्षीय अग्रबाल मुटु र चिनी रोगका बिरामी थिए । उनलाई केही असहज भएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पताल ल्याएलगत्तै मृत्यु भएको जेलर यादवले बताए ।

सुनसरीको दुहबी बस्दै आएका अग्रवालले गलत विवरण पेश गरी सप्तरीको राजविराज नगरपालिका-१ बाट वंशजका आधारमा नेपाली नागरिकता लिएको प्रहरीले फेला पारेका थियो ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा गत फागुन २३ गते भारतीय व्यापारी सतीशको नेपाली नागरिकता किर्ते गरेर बनाएको भन्दै छानबिन र कारबाहीको माग गर्दै निवेदन दर्ता भएको थियो ।

सोही निवेदनका आधारमा जिल्ला प्रशासनले सप्तरी प्रहरीलाई पत्र पठाउँदै अनुसन्धान थाल्न निर्देशन दिएको थियो ।

गत फागुनमा पक्राउ परेका उनलाई सप्तरी जिल्ला अदालतले गत वैशाख २४ गते पूर्पक्षका लागि थुनामा कारागार पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment