Comments Add Comment

सरकारी मोटरसाइकल नचढ्ने वडाध्यक्ष भन्छन्-सेवा लिने होइन दिनुपर्छ

६ पुस, गुल्मी । झण्डै २० वर्ष लामोे प्रतिक्षापछि स्थानीय तहको निर्वाचन सम्पन्न भएको डेढ वर्ष पूरा भएको छ । निर्वाचनपछि जनप्रतिनिधिले जनताहरुलाई धेरै सपना बाँडे ।

कतिपय जनप्रतिनिधीहरु आश्वासन पूरा गर्न लागि परे भने कतिपय बिवादित बनिरहेका छन् । केहीले भने केही सकरात्मक कार्यको सुरुआत गरेका छन् । गुल्मीका एउटा यस्तो जनप्रतिनिधि छन् जसले राज्यबाट पाउने सुबिधालाई जनतामाथि व्ययभार थपिने भन्दै नलिने बताएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर ४ का वडाध्यक्ष बिजयकुमार मरासिनीले यातयातको सुबिधा नलिने बताएका हुन् । राज्यबाट लिन मिल्ने भएपनि उनले निजी काममा प्रयोग गर्ने परिपाटीलाई अत्य गर्न भन्दै यातयातको सुबिधा नलिने बताएका हुन् ।

निर्वाचित भएको डेढ वर्ष बितिसक्दा सम्म उनी हिँडेरै वडा कार्ययलय आउने-जाने गरेका छन् । उमेरले ५० वर्ष पुगेका वडाध्यक्ष मरासिनी कहिलेकाही भाडाको सवारीसाधान चढेर पुग्ने गरेको बताए ।

धेरै जसो हिँडेरै कार्यालय जाने गर्दछु मरासिनीले भने, ‘कहिलेकाही आफन्तको र भाडाका सवारीसाधन मार्फत जाने गर्दछु ।’ वडा कार्यायल पुग्न प्रत्येक दिन १ घण्टा लामो यात्रा गर्नु पर्ने मरासिनीले बताए ।

कार्यालय पुग्न दैनिक १ घण्टा हिँडेने गरेका वडाध्यक्षले आफूले सुबिधा लिदा जनतामाथि नै व्ययभार थपिने भन्दै यातयातको लागि मोटरसाइकल नचढ्ने बताएका हुन् । जनताको सेवाको लागि निर्वाचित भएका हौं वडाध्यक्ष मरासिनीले भने, ‘व्यक्तिगत कामको लागि किन सुबिधा लिने ।’

जनतको सेवाको निम्ति निर्वाचित भएपछि सेवा मुखि भन्दा पनि सेवा दिने हिसावले आफूले काम गर्ने अठोटका साथ अगाडी बढिरहेको बताए ।

उनले आफूले सेवा लिन भन्दा पनि निस्वार्थ हिसावले वडावासीको हित र सेवाको लागि निर्वाचित भएकाले वडा र सेवाग्रहीमाथि आर्थिक व्ययभार कम गर्नु मुख्य उदेश्य रहेको बताए ।

निर्वाचनको बेला गरिएका प्रतिबिद्धताहरु पूरा गर्नु र वडाबासीको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यता आफूमा राखेर काम गरिरहेको बताए ।

लोकप्रियता कमाउन भन्दा पनि साच्चिकै आर्थिक व्ययभार काम गरेर अधिकतम वडाबासीको हितको लागि काम गर्नु पर्छ भन्ने मान्यता आफूमा रहेकाले यातयात खर्च कटैती गरेको मरासिनीले बताए ।

उनले वडाभित्र भएका योजनाहरुको अनुगमन तथा कार्यक्रमहरुमा पुग्दा व्यक्ति गत र भाडाको साधनमार्फत पुग्ने गरेको बताए ।

हिँडेरै धेरै ठाउँमा पुग्ने गर्दछु उनले भने, ‘बोलाएको कार्यक्रममा कहिल्यै ढिलो पुग्ने गरेको छैन् ।’ अहिले वडा कार्यालयमा एउटा पनि मोटरसाइकल नभएको मरासिनीले बताए । कार्यालय प्रयोजनको लागि मात्रै किन्ने सोचमा रहेको उनको भनाइ छ ।

कार्यालय प्रयोजनको लागि किनिने सवारी साधान निजि कामको लागि प्रयोग गर्न नदिने बताए । वडाध्यक्षले १ सय २५ सिसीको झण्डै ३ लाखसम्मको मोटरसाइकल किन्न पाउने व्यवस्था रहेको छ ।

कार्यालय कामको लागि १ हजारसम्मको तेल र अरु मर्मत खर्चहरु पनि पाउने व्यवस्था अन्य नगर गाउँमा रहेका वडा अध्यक्षहरुले सुबिधा प्रयोग गर्दै आएका छन् ।
व्यवस्था अनुरुप खर्च गर्ने भन्दा पनि कतिपय वडा अध्यक्षहरु निजी कामको लागि प्रयोग गरेर राज्यकोषको दुरुपयोग पनि गरिरहेका छन् ।

लामो समयसम्म जनप्रतिनिधि बिहीन अबस्थाबाट चलिरहेकाले केही व्यवस्थित तरिकाबाट जनतालाई काम गर्ने परिपाटी बसाल्न नै पहिलो एक वर्ष बितेको वडा अध्यक्ष मरासिनीले बताए । उनले आफ्नो वडामा केही ठूला खालका योजनाहरु सुरुआति चरणमा रहेको बताए ।

वडामा साना खालका कामहरु पूरा हुँदै गएको र ठूला सिंचाइ तथा खानेपानी, मोटरबाटो जस्ता कामहरु सुरुआती चरणमा रहेको बताए ।

आफ्नो वडाभित्र एउटा सुबिधा सम्पन्न अस्पताल खोल्नको लागि जग्गा खोज्ने क्रममा रहेको वडाध्यक्ष मरासिनीले बताए ।

वडाभित्र वातावरणीय पक्षलाई मध्यनजर राखेर घर तथा सार्बजनिक स्थलहरुमा घरहरुलाई र मानवलाईसमेत क्षती गर्ने गरि जोखिम अबस्थामा रहेका रुखहरु हटाउन कार्य पनि थालिएको मरासिनीले बताए ।

काम भन्दा पनि सुरुआति चरणमा सिस्टम बसाल्न नै गाह्रो पर्ने भएकाले काममा ढिलाइ भएको बताए । उनले चुनावी प्रतिबद्धताहरु अबको अबधिमा सबै पूरा हुने बताए ।

निर्वाचनको बेला भाग्यले अध्यक्षले बनेका मरासिनीले आफ्नो वडामा नमूना काम गरेर छोड्ने बताए । उनी आफना प्रतिष्पर्धीसँग बराबर मतका कारण गोला पर्थाबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment