Comments Add Comment

९ वर्षकी नेपाली साल्माले मेलबर्नमा तेक्वान्डोमा ब्ल्याक बेल्ट पाइन् 

मेलबर्न । मेलबर्न निवासी सोवाना श्रेष्ठ र अबी बाहम्दुनकी छोरी साल्मा बाहम्दुनले ९ वर्षकै उमेरमा नै तेक्वान्डोमा ब्ल्याक बेल्ट प्राप्त गरेकी छिन् ।

२ डिसेम्बर २००८ मा जन्मेकी साल्माले आफू तीन वर्ष मात्रै हुँदा नै २० जनवरी २०११ देखि नै तेक्वान्डो खेल खेल्न शुरु गरेकी थिइन् ।

ब्ल्याक बेल्ट प्राप्त गर्नुअघि साल्माले प्राप्त गर्नु पर्ने आबस्यक सबै बेल्टहरु प्राप्त गरिन् ।

उमेर कम भएको कारण साल्माले ब्ल्याक बेल्ट प्राप्त गर्न भने केही पर्खनु पर्‍यो र ९ वर्षको उमेरमा सेप्टेम्बर २०१८ मा ब्ल्याक बेल्ट प्राप्त गरिन् ।

साल्माले ब्ल्याक बेल्ट प्राप्त गरेपछि लुम्बिनी-कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले उनलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा अझै उदाहरणीय उपलब्धी हासिल गर्ने सफलता मिलोस् भनी शुभ-कामना ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment