Comments Add Comment

ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चल्यो, प्रहरी जवान घाइते

७ पुस, काठमाडौं । ललितपुरको लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागमा गोली चलेको छ । गोली लागेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी जवान रोशन श्रेष्ठ छन् । काठमाडौं विपद व्यवस्थापनमा कार्यरत उनी लाकुरीभञ्ज्याङ्ग प्रहरी प्रभागका इञ्जार्ज असई रमेश तामाङलाई भेट्न आएका थिए । उनीहरु गृहजिल्ला दोलखाका साथी हुन् ।

घाइते प्रहरी जवान श्रेष्ठको मेट्रो प्रहरी अस्पतालमा उपचार भइरहेको छ । उनी खतरामुक्त रहेको ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालले जानकारी दिए ।

असई तामाङलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी

कार्यालयभित्रकै बेडरुममा बसिरहेको बेला तामाङको पेस्तोलको म्यागजिन अनलोड गर्ने क्रममा पेस्तोल पडि्कएर श्रेष्ठको गालामा लागेको बताइएको छ । तामाङलाई नियन्त्रणमा लिएर सातदोबाटो प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अनुसन्धानका लागि सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment