Comments Add Comment

मेवा र कुरिलो खेतीमा रमाए पौरखी किसान रामेश्वर

८ पुस,  रौतहट । जिल्लाको पश्चिम दक्षिण मौलापुर नगरपालिका ८ सोनरनियाका किशान रामेश्वर पण्डित कुम्हारले गत बर्षदेखि १० कठ्ठामा कुरिलो र १० कठ्ठामा मेवाको व्यवसायिक खेती गरेका छन् । इन्टरनेटबाट जानकारी लिएर उनले खेती सुरु गरेका उनले गत वर्ष कुरिलोबाट खर्च कटाएर ५० हजार रुपैयाँ र मेवाबाट पनि त्यति नै नाफा कमाए ।

खेती विस्तार गर्न लागेका उनले २ विघामा मेवा र २ विघामा कुरिलो खेती गर्दैछन् । रोपेको ७ महिनाभित्र फल्न सुरु भएको मेवा  गत वर्ष रामेश्वरले २५ क्वीन्टल बेचे । जसको मूल्य उनले ८० देखि एक सय १० रुपैयाँसम्म पाए । कुरिलो भने प्रतिकिलो २ सयको दरले १२ सय किलो बेचे ।

मेवा र कुरिलो खेती विस्तारमा उनले झण्डै १५ लाख रुपैयाँ खर्च गरिसकेका छन् । मेवाको बिउ प्रतिकिलो १० लाख रुपैयाको दरले खरिद गर्दाको समय ठुलो जोखिम थियो तर एकजना पसलले बिउको ग्यारेन्टी लिएएपछि उनी ढुक्क भए ।

पहाडतिर हुने कुरिलो तराईको माटोमा राम्रो हुँदैन कि भन्ने  डर थियो रामेश्वरलाई । तर तराईको बलौटे माटो पनि यसका लागि उपयोगी देखियो । उनका अनुसार मेवा एउटा बोटबाट २ वर्षभित्रमा १ सय ३० किलो फल्छ । कुरिलो पनि रोपेको वर्षदेखि फल्न सुरु हुन्छ ।

व्यवसायिक मेवा र कुरिलो खेतीमा किशान रामेश्वर पण्डित, उनका दुईजना छोराहरु दैनिक आफै खटेका छन् । त्यसबाहेक दिनमा तीन/चार जनालाई रोजगारीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment