८ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा ठूलो अंकको सुधार देखिएको छ । आइतबार सेयर बजार ३२ दशमलव २४ अंकले बढेर नेप्से परीसूचक १ हजार १ सय ९८ दशमलव १८ मा पुगेको हो ।
परिसूचकसागै कारोबार रकम पनि बढेको छ । आइतबार दिनभरमा भएका ८ हजार ६ सय ७० कारोबारबाट १ सय ६४ कम्पनीको २८ लाख १२ हजार २ सय १२ कित्ता सेयर किनबेच भएको छ ।
जसअनुसार ८७ करोड ५५ लाख ७२ हजार ७ सय ६३ रुपैयााको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा आइतबार सनराइज बैंक अग्रस्थानमा देखिएको छ । सनराइजको ८ करोड १७ लाख ४८ हजार रुपैयााको सेयर कारोबार भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4