Comments Add Comment

‘छक्का पन्जा’ टिम र ‘गाजलु’ निर्माताविच टिमअप

चलचित्र ‘छक्का पन्जा ३’ हिट भएपछि यसको निर्माण कम्पनीले अर्को प्रोजेक्ट कुन गर्ने छ भन्ने चर्चा र कौतुहलता चलचित्र बजारमा चलिरहेको थियो । अब, भने यो टिमले अर्को प्रोजेक्टको तयारी थालेको छ । यसपटक भने आमा सरस्वती मुभिजसँग अर्को एक निर्माण कम्पनीको पनि टिमअप भएको छ ।

चलचित्र ‘गाजलु’ निर्माण गरेर चलचित्र क्षेत्रमा भित्रिएका निर्माता रोहित अधिकारीसँग यसपटक दिपकराज गिरी र उनको टिमले टिमअप गरेको हो । यी दुई कम्पनी मिलेर चाडै नै नयाँ चलचित्र निर्माण गर्दैछन् जसको छायांकन वैशाखबाट सुरु हुनेछ ।

निर्माता रोहित अधिकारीले आमा सरस्वती मुभिजसँग टिमअप हुन लागेको स्विकार गरे । उनका अनुसार चलचित्रमा ‘छक्का पन्जा’को मुख्य टिम नै हुनेछ । चलचित्रको निर्देशन कसले गर्ने भन्ने बिषयमा खुलाइएको छैन । वुझ्नमा आएअनुसार, आमा सरस्वती मुभिजले एकैसाथ २ चलचित्रलाई अगाडि बढाउँदैछ ।

एउटा चलचित्र रोहित अधिकारी फिल्मस्सँग बनाउने तयारी गरेको टिमले अर्को चलचित्र भने आफ्नै ब्यानरबाट मात्र बनाउनेछ । निर्माता अधिकारीले भने–‘दिपक दाई र मविच निकै सकारात्मक कुरा भएको छ । हामी, दर्शकका लागि एउटा उत्कृष्ट चलचित्र लिएर आउनेछौ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment