Comments Add Comment

पारस र दिपेन्द्र अस्ट्रेलिया जाँदै

८ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कासहित दिपेन्द्र सिंह ऐरी क्रिकेट महोत्सवमा सहभागी हुन सोमबार राति अस्ट्रेलिया जाने भएका छन् ।

नेपाली क्रिकेटलाई सहयोग गर्न एक्स्पर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसको आयोजना तथा नेपालय इन्टरनेसनलको व्यवस्थापनमा हुने महोत्सवका लागि उनीहरु अस्ट्रेलिया जान लागेका हुन् । यसै टोलीमा नेपालय इन्टरनेसनलका प्रबन्ध निर्देशक सुवास प्रधान पनि हुनेछन् ।

‘एक्सपर्ट क्रिकेट फेस्टिबल’ नाम दिइएको महोत्सव डिसेम्बर ३० मा मेलबर्नमा, जनावरी ५ र ६ मा सिड्नीमा, जनवरी १० मा ब्रिसबेनमा साथै जनवरी १२ मा एडीलेडमा हुने महोत्सव आयोजकले जनाएका छन् ।

कप्तान खड्का एक्सपर्टका ब्रान्ड एम्बेस्डर हुन् भने ऐरी पोखरा प्रिमियर लिगमा सहभागी भएको एक्स्पर्ट धनगढी ब्लुजका कप्तान हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment