Comments Add Comment

लगनखेलमा ड्रोन क्यामेरा उडाउने ३ जना पक्राउ

९ पुस, ललितपुर । लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-१५ लगनखेलमा विना अनुमति ड्रोन क्यामेरा उडाएको भन्दै प्रहरीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं गंगाहिटी बस्ने सिन्धुपाल्चोकका ३८ वर्षीय पदमबहादुर खड्का, काठमाडौं बानेश्वर बस्ने काभ्रेका ३२ वर्षीय विदुरप्रसाद आचार्य र भक्तपुर व्यासी बस्ने २६ वर्षीय रोशन दुवाल रहेका छन् ।

महानगरीय प्रहरी प्रभाग लगनखेलको टोलीले उनीहरुको साथबाट एउटा ड्रोन क्यामेरा र ड्रोन क्यामेरा चलाउने ५ पाना रिपोर्ट पनि बरामद गरेको छ ।  उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment