Comments Add Comment

चुरोटको ठुटोबाट मनासलु क्षेत्रको जंगलमा भीषण आगलागी

९ पुस, गोरखा । मनास्लु पदमार्गमा आएका गाइडको लापरवाहीले उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको जंगलमा आगलागी भएको छ । गाइडले खाएर फालेको चुरोटको ठुटोका कारण आगलागी भएको वडा अध्यक्ष वीरबहादुर लामाले बताए ।

सामागाउँबाट मनास्लु बेसक्याम्प जाने बाटोमा पर्ने उक्त क्षेत्रमा आइतबार रातिदेखि आगलागी भएको हो । ‘गाइडले चुरोट खाएर जथाभावि फालिदिएछन्,’ वडा अध्यक्ष लामाले भने, ‘त्यही बाट जंगलमा आगो फैलियो ।’ आइतबार राति करिव एक बजे शुरु भएको आगजनी अझै नियन्त्रणमा आउन नसकेको उनले बताए ।

प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको लामाले जानकारी दिए । आगलागीका कारण वन्यजन्तुसँगै वहुमुल्य जडिवुटी समेत नष्ट भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागी नियन्त्रणका लागी थप प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी भोला रावलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment