Comments Add Comment

‘रुद्र’कै शैलीमा निखिलको ‘भिलेन’

नायक निखिल उप्रेतीलाई फरक चलचित्रमा अभिनय गर्न नसकेको आरोप लाग्दै आएको छ । निखिलका चलचित्रमा सामान्य कथा, एक्सन धेरै हुने गरेका छन् । निखिललाई दर्शकले फरक कथामा काम गर्न आग्रह गरेतापनि उनले त्यतातर्फ ध्यान दिएका छैनन् ।

उनै, निखिल उप्रेतीले अभिनय गरेको चलचित्र ‘भिलेन’को ट्रेलर सार्वजनिक भएको छ । यो ट्रेलर हेर्दा पनि निखिलको अभिनयमा कुनै नौलोपन नै लाग्दैन । उनी जे कुरामा विक्दै आएका छन्, यसका निर्देशक देवेन्द्र पाण्डेले उनलाई सोही शैलीमा नै विकाउन खोजेका छन् ।

यो चलचित्रमा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्रीको मुख्य भूमिका छ । मौनता श्रेष्ठले लेखेको चलचित्रको ट्रेलर हेर्दा निखिलले नै अभिनय गरिसकेको चलचित्र ‘रुद्र’कै कथा जस्तो लाग्छ । चलचित्रमा मदनकाश्यप घिमिरे र सौरभ लामाको छायांकन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन, शुक्रराज शाहको एक्सन छ । चलचित्रमा कपिल खत्री, बालाबहादुर श्रेष्ठको लगानी छ ।

‘रुद्र’मा प्रेममा वाधा गर्नेहरुका लागि दुश्मन बनेका निखिल यो चलचित्रमा पनि सोही भूमिकामा देखिएका छन् । अब, चलचित्रको कथा उस्तै हो यो भिन्न, यो पौष २७ गते चलचित्र रिलिज भएपछि मात्र थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment