Comments Add Comment

संसदीय समितिलाई डा. केसीको जवाफ : थप छलफल आवश्यक छैन

११ पुस, काठमाडौं । प्रा. डा. गोविन्द केसीले संसदको शिक्षा तथा स्वास्थ्य समितिलाई चिकित्सा शिक्षा विधेयकबारे थप छलफल आवश्यक नभएको जवाफ दिएका छन् ।

समितिले विधेयकलाई अन्तिम रुप दिनुअघि डा. केसीसँग छलफल गर्ने निर्णय गरेको थियो । त्यसको जिम्मा सत्तारुढ नेकपाका सांसद योगेश भट्टराई र विपक्षी कांग्रेसका गगन थापालाई दिइएको थियो । भेटका लागि प्रस्ताव गर्दा डा. केसीले ‘थप छलफल आवश्यक छैन’ भन्ने जवाफ दिएका छन् ।

प्रधानमन्त्रीस्तरमै लामो छलफलपछि सहमति भएको स्मरण गर्दै डा. केसीले फेरि छलफल गर्नु भनेको अलमल्याउने खेल मात्र हुने बताएका छन् । ‘भेटका लागि प्रयास गर्दा डा. केसीले आफ्नो प्रतिनिधिमार्फत सरकार र मेरोबीचमा जे सहमति भएको हो, अक्षरश पालना हुनुपर्छ भन्नु भएको छ’ सांसद थापाले भने ।

कांग्रेसले भन्यो–अब बाचा पूरा गरौं

डा. केसीले थप छलफल गर्न अस्वीकार गरेपछि प्रमुख विपक्षी काग्रेसले सभापतिलाई भेटेर सहमतिअनसार तत्काल विधेयकलाई अन्तिम रुप दिन माग गरेको छ ।

सांसद थापाले भने, ‘मन्त्रीको कुरा सुनेपछि डा. केसीसँग छलफल गरौं न भनिएको हो । उहाँले त्यो आवश्यक नदेखेपछि जे सहमति भएको हो, त्यसअनुसार विधेयकलाई तत्काल अन्तिम रुप दिउँ र संसदको आगामी वैठकमा पेश गरौं ।’

समितिले अधिवेशन सुरु भएलगतै विधेयकलाई अन्तिम रुप दिएर संसदमा पेश गर्ने भनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment