Comments Add Comment

निर्मला हत्याकाण्डले सरकारको हैसियतमा प्रश्न उठायो : प्रचण्ड

११ पुस, काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्मला हत्याकाण्डले सरकारको कार्यक्षमता र हैसियतमा प्रश्न उठाएको टिप्पणी गरेका छन् ।

संसदको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस विषयलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको बताए । घटनाको अनुसन्धानमा सुरुका दिनमा जति गम्भीरताका रुपमा लिनु पर्ने हो, त्यसमा कमजोरी महसुस भएर उनले स्वीकार गरे ।

यो घटनालाई चुनौतीका रुपमा लिएर अनुसन्धान गम्भीर हुन सरकारलाई भनिएको उनले बताए । भने, ‘यसमा संलग्न दोषी पत्ता लगाउनु सबैको जिम्मेवारी हो ।’

यद्यपि निर्मला हत्याकाण्डपछि भएका थुप्रै घटनामा प्रहरलिे सफलता पाएको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment