Comments Add Comment

आइएमईको दशैंमा बीस लाख योजनाः बिजेन्द्रले जिते एक लाख

११ पुस, काठमाडौं । आइएमईले दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमुखी प्रवर्धनाद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ ।

रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट दोस्रो महिनाको विजेता घोषित भएका हुन् । सेवाग्राही मल्लले नगद १ लाख प्राप्त गरेका छन् ।

आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा आयोजित पुरस्कार वितरण कार्यक्रममा कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले विजेता बिजेन्द्रको सिफारिसमा उनकी माता चिनु माया थापालाई १ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे ।

गत असोज ७ गतेदेखि शुरु भई मङ्गसिर मसान्तसम्म लागु सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट दुईजना विजेता घोषित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment