Comments Add Comment

च्यालससँग बराबरीमा रोकियो एपीएफ

१२ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले विभागीय टोली एपीएफ क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बिहीबार भएको खेलमा च्यासलले एपीएफलाई बराबरीमा रोकेको हो । च्यासलले लिएको आफ्नो अग्रतालाई जोगाउन नसक्दा एपीएफसँग अंक बाँड्न पुग्यो ।

खेलको ३० औं मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । पहिलो हाफसम्म एक गोलले अघि रहेको च्यासलले दोस्रो हाफमा भने गोल खान पुग्यो । खेलको ५४औं मिनेटमा श्यामकुमार नेपालीले गोल गर्दै एपीएफ क्लबलाई १–१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

बराबीसँगै एपीएफको ११ खेलबाट १७ अंक भएको छ । यता, च्यासलको भने ११ खेलबाट १५ अंक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment