Comments Add Comment

निर्यातजन्य उद्योगलाई सरकारको उपहारः बढ्यो नगद अनुदान

१२ पुस, काठमाडौं । सरकारले निर्यात हुने स्वदेशी वस्तुहरुमा दिइने अनुदान रकम बढाएको छ । अब निर्यातजन्य वस्तु उत्पादन गर्ने उद्योगले ३ देखि ५ प्रतिशतसम्म नगद अनुदान पाउने छन् ।

मन्पिरिषदबाट पारित भएको ‘निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधि, २०७५’ले विगतमा दिइँदै आएको सुविधा बढाएको हो । सरकारले कपडासहित विभिन्न उत्पादनलाई दिँदै आएको भ्याट फिर्ताको सुविधा कटौति गरेपछि सरकारले अनुदान बढाएर सुविधा दिने सहमति गरेको थियो ।

त्यसैअनुसार विभिन्न वस्तुमा अनुदान सुविधा दिने गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कार्यविधि लागू गरेको छ । स्वदेशकै उत्पादन बढाउने र निर्यातलाई समेत वृद्धि गरी ब्यापार घाटा कम गर्ने सोचका साथ यस्तो कार्यविधि जारी गरिएको मन्त्रालयले जनाएको छ ।

नेपालमा उत्पादन कम हुँदा विदेशी वस्तुको निर्भरता बढ्दो छ भने निर्यात पनि अपेक्षाकृत रुपमा नबढ्दा ब्यापार घाटाको खाडल फराकिलो हुँदै गएको छ । यस्तो अवस्थामा विभिन्न उत्पादनलाई सुविधा मिल्ने गरी नगद अनुदानको लागि कार्यविधि ल्याएएको छ ।

अब १५ वटा औद्योगिक उत्पादनले ५ र ११ वटाले ३ प्रतिशत नगद अनुदान प्राप्त गर्नेछन् । कार्यविधिमा कुल २६ वस्तुको सूची छ । अब यी वस्तुहरु निर्यात गरेबापत सरकारले अनुदान रकम नै उपलब्ध गराउनेछ ।

स्वदेशमै प्राप्त हुने वा उत्पादन हुने कृषि, वन तथा खानीजन्य वस्तुको हकमा कम्तीमा एक चरणको प्रशोधन प्रक्रिया पूरा गरेका वस्तु यो सुविधा पाउन योग्य हुनेछन् ।

निर्यातकर्ताले अनुदान पाउनका लागि निर्यात गरेको वस्तुको भुक्तानी विदेशी मुद्रामा बैंकमा दाखिला भएको प्रमाण पेस गररेर सुविधा दावी गर्नुपर्नेछ । भारतमा हुने निकासीको हकमा प्रतीतपत्र -एलसी) मार्फत आर्जित भारतीय मुद्रा बैंकमा दाखिला गरेको कागजाज संलग्न गरे पुग्नेछ । यस्तै निर्यात अनुदान प्राप्त गर्न उद्योग विभागबाट निर्यात हुने वस्तु उत्पादनको प्रमाणीकरण गरेको हनुपर्छ ।

वस्तु निर्यात गर्ने प्रयोजनका लागि कारोबार गरेको बैंकमा आफ्नो आयात-निर्यात अनुमतिपत्र (एक्जिम कोड), तथा स्थायी लेखा नम्बर वा मूल्य अभिवृद्धि कर -भ्याट) दर्ताको प्रतिलिपि, निर्यात भएका वस्तुको व्यापारिक बिलबिजक र भन्सार प्रज्ञापनपत्र, निर्यात गरेबापत निर्यातकर्ताले प्राप्त गरेको विदेशी मुद्रा बैंक दाखिला भएको प्रमाण वा बैंक स्टेटमेन्ट र पछिल्लो आर्थिक वर्षको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि पनि पेश गर्नुपर्छ ।

कुन-कुन उत्पादनले पाए सुविधा ?

पुरै स्वदेशी कच्चा पदार्थबाट बनेका उत्पादनले मात्र ५ प्रतिशत अनुदान पाउने मनत्रालयले जनाएको छ । प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला र काष्ठकलाका वस्तु, प्रशोधित छाला (क्रस्ट) र छालाजन्य उत्पादनहरु, हाते कागज तथा सोबाट उत्पादित सामान, प्रशोधित जडिबुटी तथा सारयुक्त तेल, प्रशोधित पत्थर तथा पत्थर जडित गरगहना, अल्लोबाट उत्पादित सामान, मिनरल वाटर, बेसार, तरकारी, फूल, प्रशोधिकत मह, प्रशोधित अलौँची, प्रशोधित अदुवा उद्योगले ५ प्रतिशत अनुदान प्राप्त गर्नेछन् ।

स्वदेशमा उत्पादित कपडा, तयारी पोसाक, गलैंचा र ऊनीका सामान, च्यांग्र्रा पस्मिना तथा सोबाट उत्पादित सामान, स्वदेशी प्रशोधित जुट तथा जुटका उत्पादन, सुनचाँदीका गरगहना, स्वदेशी अर्ध प्रशोधित छाला, औषधि, फेल्ट (ऊनीजन्य) का वस्तुहरु, पोलीस्टर यार्नरफाइबर भिस्कोर्ष यार्नरक्रेलिक यार्नरकटन यार्न र तामाका सामान -हस्तकलाका सामान, पूजाआजाका सामान, सजावटका सामान तथा अन्य भाँडाकुँडा निर्यात गर्दा ३ प्रतिशत नगद अनुदान सरकाले उपलब्ध गराउनेछ ।

५ प्रतिशत अनुदान प्राप्त गर्न यस्ता वस्तुमा ५० प्रतिशत मूल्य अभिवृद्धि भएको र ३ प्रतिशत अनुदान प्राप्त गर्न कम्तिमा ३० प्रतिशत मूल्य अधिवृद्धि भएको हुनुपर्ने व्यवस्था छ ।

नेपाल सरकारले राष्ट्रियस्तरको सामूहिक ट्रेडमार्क दर्ता गरेको र मूल्य अभिवृद्धि कम्तीमा ४० प्रतिशत भएका ३ प्रतिशत अनुदान पाउने वस्तुको हकमा ती वस्तु निर्यात गर्दा थप एक प्रतिशत अनुदान पाउने व्यवस्था पनि गरिएको छ ।

यसअघि निर्यातमा नगद प्रोत्साहन समबन्धी कार्यविधिमा १० वटा वस्तुमा २ र १५ वटामा १ प्रतिशत गरी २५ वस्तुमा निर्यात अनुदान दिने व्यवस्था थियो । अब सो कार्यविधिलाई हालै पारित भएको कार्यविधिले विस्थापित गरेको छ ।

अनुदानको मूल्यांकन अनुगमनको लागि वाणिज्य तथा आपुीर्त सतिवको नेतृत्वमा छुट्टै समिति पनि बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment