+
+
Shares

फेरी २ संस्थाको सेयर कारोबार रोकियो

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १३ गते १६:००

१३ पस, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले पुनः २ संस्थाको सेयर कारोबार रोक्का गरेको छ । अघिल्लो साता ५ बैंकको सेयर कारोबार रोक्का गरेको नेप्सेले शुक्रबार दुई लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको हो ।

नेप्सले फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स र नेपाल कम्युनिटी लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको हो ।

नियम विपरितको कार्य गरेको र यसअघि स्पष्टिकरण माग गरिएकामा सन्तोष जनक नआए पछि कारोबार रोक्का गरिएको नेप्सेले जनाएको छ ।

यसअघि नेप्सेले सनराइज बैंक, हिमालयन बैंक र मेगा बैंक गरी ३ वाणिज्य बैंक र मिसन डेभलपमेण्ट बैंक तथा सांग्रिला डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?