Comments Add Comment

जापानी विदेशमन्त्री नेपाल भ्रमणमा आउँदै

१३ पुस,काठमाडौं । जापानका विदेशमन्त्री तारो कोनो दुई दिने औपचारिक भ्रमणका क्रममा पुस २५ गते काठमाडौं आउने भएका छन् । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको निमन्त्रणमा कोनो नेपाल भ्रमणमा आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जापान नेपालको महत्वपूर्ण विकास साझेदार हो । नेपाल भ्रमणका क्रममा जापानी विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment