+
+
Shares

बरुणसँगको फिल्मबाट कट्रिनाले हात झिकिन् ?

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १५ गते ११:१८

चलचित्र ‘रेश ३’का निर्देशक रेमो डिसोजाले निर्देशन गर्न लागेको चलचित्रका लागि नायक बरुण धवन र नायिका कट्रिना कैफलाई फाइनल गरिएको थियो । यो चलचित्रको छायांकन जनवरी महिनाबाट सुरु हुने अपेक्षा पनि गरिएको थियो । चलचित्रलाई निकै महंगो बजेटमा तयार गरिने भारतीय मिडियाले उल्लेख गरेका थिए ।

तर, अब यो चलचित्रबाट नायिका कट्रिना कैफले हात झिकेकी छिन् । नायिका कैफले समय नमिलेको कारण जनाउँदै चलचित्रमा काम नगर्ने बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् । कट्रिना अहिले नायक सलमान खानसँग चलचित्र ‘भारत’मा काम गरिरहेकी छिन् । यो चलचित्रको छायांकन समयसँग रेमोको चलचित्रको छायांकन समय जुधेपछि कैफले हात झिक्ने निर्णय गरेकी हुन् ।

नायिका प्रियंका चोपडाले काम गर्न नमानेपछि कैफले सलमानको चलचित्रमा काम गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?