Comments Add Comment

अमेरिकामा नेपाली मूलका भारत्तोलक बाबुछोरालाई स्वर्ण र कास्य पदक 

अमेरिका/अमेरिकाको डिसी महानगर क्षेत्र बसोबास गर्दै आएका प्रसिद्ध भारत्तोलक रुप कार्कीले स्वर्ण पदक प्राप्त गरेका छन् । उनका छोरालाई पनि भारत्तोलन प्रतियोगितामा कास्य पदक प्राप्त भएको छ ।

स्वर्ण पदक बिजेता रुप कार्कीले एक स्वर्ण पदक र अर्को कास्य पदक प्राप्त गरेका छन् भने छोरा रुपेश कार्कीलाई कास्य पदक मात्र हासिल गरेका छन् ।

अमेरिकाको भर्जिनिया राज्यको मनासस शहरमा गत डिसेम्बर १५ मा सम्पन्न प्रतियोगितामा बुवा छोरासंगैले पदक घर ल्याएका छन् । पावर लिफ्टिंग युएसएपीएल नामक प्रतियोगितामा रुप कार्कीलेले आफ्नो वजन समूहमा प्रथम स्थान तथा खुला वर्ग प्रतियोगितामा कास्य पदकमा चित्त बुझाएका छन् ।

छोरा रुपेश कार्कीले कास्य पदक जित्न सफल भएकोमा निकै हर्षित भएका छन् । नले आफ्नो उमेर समूहमा पदक जितेका हुन् । भैरहवा स्थायी घर भएका रुप कार्की अमेरिका आएदेखि नै भारत्तोलनको नियमित प्रशिक्षणमा व्यस्त छन् ।

अमेरिकाको अति व्यस्त दैनिकीबाट समय निकालेर उनी विभिन्न प्रतियोगिताहरुमा सहभागी हुने गरेका छन । कार्की अन्तर्राष्ट्रिय ख्याती प्राप्त भारत्तोलक हुन् । छोरा रुपेश बाबुलाई पछ्याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment