Comments Add Comment

सेयर बजारमा दोहोरो अंकको गिरावट

१५ पुस, काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । आइतबार सेयर बजार १० दशमलव ६२ अंकले ओरालो लागेको हो ।

१०.६२ अंकले ओरालो लाग्दा नेप्से परिसूचक १ हजार २ सय ४ दशमलव ५४ मा आइपुगेको छ । परिसूचकसँगै कारोबार रकममा समेत गिरावट देखिएको छ ।

दिनभर भएका ५ हजार ४ सय १३ कारोबारबाट विभिन्न कम्पनीका १२ लाख ३६ हजार ३ सय ६४ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार ४५ करोड ४२ लाख ८४ हजार ३ सय ९३ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

इतबार कारोबारमा आएका समूहमध्ये होटल, निर्जीवन र उत्पादन समूह बढेका छन् भने अन्य समूहमा गिरावट आएको छ ।

अघिल्लो साता एक अर्ब नजिक कारोबार रकम पुगेको थियो भने नेप्से परीसूचकमा पनि सुधार देखिएको थियो ।

यो साता भने पहिलो दिन नै परिसूचक ओरालो र कारोबार रकम पनि उल्लेखीय हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment