Comments Add Comment

संविधान संशोधन नभए संघीय सरकार छाड्छौं : रेणु यादव

१५ पुस, सप्तरी । सङ्घीय समाजवादी फोरम नेपालकी नेतृ रेणु यादवले चालु हिउँदे अधिवेशनमा संविधान संशोधन प्रस्ताव दर्ता नभए पार्टीले सरकार छोड्ने दावी गरेकी छन् ।

पार्टीको राजविराज नगर समितिद्वारा आइतबार आयोजित भेलामा उनले संविधान संशोधन गर्ने ग्यारेन्टीसहित पार्टी सरकारमा गएको भन्दै संशोधन प्रस्ताव दर्ता नभए सरकारबाट बाहिरिने बताएकी हुन् ।

प्रदेश २ को सरकार परिवर्तन हुँदैन

अहिले नेकपासँग मिलेर संघीय समाजवादी फोरम नेपालले प्रदेश २ को सरकार परिवर्तन गर्ने चर्चा प्रदेशमा छ । खासगरी सामाजिक संजालमा यसको बहस पनि शुरु भएको छ ।

तर फेरमकै नेताहरुले सरकार परिवर्तन नहुने बताएका छन् । संघीय समाजवादी फोरम नेपालका राजनीतिक समिति सदस्य समेत रहेका प्रदेश २ का भूमि व्यावस्था कृषी तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले प्रदेशमा फोरम—राजपा गठवन्धको सरकार परिर्वतन नहुने दावी गरे ।

पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसअघि नेपाली राजनीतिमा तहल्का मच्चने बताइरहँदा प्रदेशको सरकार परिवर्तन साँच्चै हुने हो कि भन्ने कौतुहौलताकाबीच मन्त्री साहले सरकार परिवर्तन नहुने दावी गरेका हुन् ।

सामजिक संजालमा फैलाएको भ्रमको पछाडी नलाग्न कार्यकर्तालाई निर्देशन दिदै मन्त्री साहले प्रदेश सरकारको लोकप्रियता देखेर विपक्षीले सरकार ढल्ने नकारात्मक प्रचारवाजी गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment