Comments Add Comment

अष्ट्रेलियामा सन्दीपको खेल हेर्दै कप्तान पारस

१७ पुस, काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बिग ब्यास लिग क्रिकेटमा मेलबर्न रिनेगाडेसविरुद्ध एक विकेट लिएका छन् ।

मेलबर्न क्रिकेट मैदानमा सन्दीप आफ्नो टिम मेलबर्न स्टार्सबाट खेल्दै सन्दीपले चौथो खेलमा पनि विकेट लिन सफल भएका हुन् ।

उनले मेलबर्न रिनेगाडेसका कप्तान टोम कोपरलाई १० रनमा एलबिडब्लु आउट गराए । सन्दीपले चार ओभर बलिङ गर्दै ३१ रन खर्चेर एक विकेट लिए । चार खेलबाट सन्दीपले कुल आठ विकेट लिएका छन् ।

पहिलो खेलमा सिड्नी थन्डरविरुद्ध सन्दीपले दुई विकेट लिएका थिए । त्यस्तै दोस्रो खेलमा होबार्ट हुरिक्यानेसविरुद्ध तीन विकेट लिएका थिए । तेस्रो खेलमा सिड्नी सिक्सर्सविरुद्ध पनि दुई विकेट लिएका थिए ।

सन्दीपको खेल हेर्न नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का मेलबर्न क्रिकेट मैदानमा पुगेका थिए । सन्दीपलाई सपोर्ट गर्दै बेलाबेलामा ताली बजाउने गर्दै उनी हौसला बढाइ रहेका थिए । सन्दीपले विकेट लिदा भने उनी मैदानकै छेउँमा स्थानीय टिभीमा अन्तरवार्ता दिदै थिए ।

खेल हेर्दै कप्तान पारसले भनेका छन्, ‘खेलको मज्जा लिदै छु । सन्दीपको खेलबाट रमाइलो हुदैछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment