+
+
Shares

जोशीलाई प्रधानन्यायाधीशको सुझाव-राजीनामा दिएर निकास दिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष १८ गते १३:३४

१८ पुस, काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

प्रधानन्यायाधीशमा संसदीय समितिबाट अस्वीकृत भएपनि जोशीले अदालत जान छाडेका छैनन् । सलाई सुनुवाई समितिका सदस्यहरुले सर्वोच्चले संसदको अपमान भनेका थिए ।

जवाफमा जबराले संसदको सम्मान गर्ने बचन भन्दै जोशीलाई पेशी नदिने संकेत गरेका थिए ।

प्रधानन्यायाधीशको कार्यभार सम्हालेको पहिलो दिन जबराले जोशीलाई पेशी दिएका छैनन् ।

जोशी सर्वोच्च भने पुगेका थिए । उनले जबरालाई उनकै कार्यकक्षमा पुगेर बधाई दिएका छन् ।

नवनियुक्त प्रधानन्यायाधीश जबराले जोशी आफ्नो सहपाठी भएको भन्दै सबैको भावना बुझेर निकास दिन आग्रह गरेका छन् । उनले भने, ‘अदालतलाई बन्धक बनाउनु हुँदैन । उहाँले अदालतलाई निकास दिनुहुन्छ भन्ने आशा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?