Comments Add Comment

‘जापानमा नेपाली कामदार पठाउनेबारे कुनै निर्णय भईसकेकाे छैन’

१८ पुस, काठमाडौं । सरकारले जापानमा नेपाली कामदार पठाउनेबारे कुनै निर्णय भई नसकेको जनाएको छ । जापान पठाउनेबारे सरकारका तर्फबाट औपचारिक निर्णय भइनसकेको अवस्थामा कतिपयले विज्ञापन गर्न थालेपछि वैदेशिक रोजगार विभागले सूचना जारी गरी सचेत गराएको हो ।

‘नेपालबाट जापानमा वैदेशिक रोजगारमा कामदारहरु पठाउने विषयमा हालसम्म नेपाल सरकारको कुनै पनि निर्णय भई नसकेको’ विभागको विज्ञप्तिमा उल्लेख छ ।
जापानमा कामदार पठाउने विषयको निर्णय पारदर्शि ढंगले हुने भन्दै विभागले हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

जापान पठाउने भन्दै संस्थागत, व्यक्तिगत वा कम्पनीले गरिरहेका प्रचार कानुनविपरित भएको विभागको ठहर छ ।  अवज्ञा गरे वैदेशिक रोजगार ऐन/नियम अनुसार कारबाही गरिने विभागले जनाएको छ ।

जापान पठाउने भन्दै मेनपावर सञ्चालकहरुले विज्ञापन गर्न थालेका छन् भने कतिपय इन्स्िटच्युटमा जापानी भाषा कक्षा लिनेको घुँइचो बढेको छ ।

जापानले यसै महिनाको शुरुआतमा अध्यागमन कानून परिमार्जन गर्दै विश्वयुद्धपछि पहिलोपटक निश्चित सिप र विज्ञता भएका विदेशी कामदारलाई वर्किङ भिसा दिने नीति लिएको छ ।

यो पनि पढ्नुहोस जापानले पठायो श्रम समझदारीको मस्यौदा, प्राविधिक टोली पनि आउँदै

पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार विदेशी कामदारलाई १४ वटा औद्योगिक क्षेत्रमा काम गर्न अनुमति दिने जापान सरकारको योजना छ ।  ती क्षेत्रमा नर्सिङ केयर, निर्माण, होटल, कृषि, मत्स्यपालन लगायत छन् । यसमा नेपालबाट कामदार लिने जापानको तयारी रहेपनि औपचारिक निर्णय भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment