Comments Add Comment

वाइडबडी प्रकरणमा दोषी देखाइएकालाई कारबाही गर्न नयाँशक्तिको माग

१९ पुस, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले वाइडवडी विमान खरिदमा संसदीय छानबिन उपसमितिले कारबाही गर्न सिफारिस गरेका मन्त्री, सचिव र महाप्रबन्धकलाई कारबाही गर्न माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरी पार्टीले कारबाही सिफारिस भएका मन्त्री,सचिव र महाप्रबन्धकलाई आफ्नो पदबाट राजीनामा दिन पनि आग्रह गरिएको छ । उनीहरुलाई अझै पनि विभिन्न बाहनामा राजनीतिक ढाकछोप गर्न लागिएको भन्दै नयाँ शक्तिले अनियमितताको अझै गहिरो छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको हो ।

‘कुनै पनि बहानामा छानबिन उप-समितिको सिफारिश र ठहरलाई उल्टाउने दुष्प्रयास नगरी वाइडबडी विमान खरिद मिलेमतो र अनियमितताको अझै गहिरो छानबिन गरी सम्पूर्ण दोषीहरुमाथि शीघ्र कडा कारबाहीको माग गर्दछौँ । दोषीहरुलाई  बचाउने दुस्प्रयास कतैबाट भएमा पुन: संघर्षमा उत्रन बाध्य  हुने ब्यहोरा समेत जानकारी गराउँछौं’ पार्टीको सामाजिक राजनीतिक परिचालन समितिका संयोजक नवराज सुवेदीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment