+
+
Shares

प्रदिप भन्छन्–‘रामबाबुसँग फिल्म गर्ने मौखिक सहमति मात्र’

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २० गते ११:२२

नायक प्रदिप खड्का यतिबेला अष्ट्रेलिया छन् । ब्याक टू ब्याक चलचित्र गर्न लागेको खबर सार्वजनिक भैरहँदा प्रदिप भने व्यक्तिगत कामका लागि अष्ट्रेलिया पुगेका हुन् । उनै, प्रदिप खड्काले निर्देशक रामबाबु गुरुङको चलचित्रमा काम गर्न लागेको खबर सार्वजनिक भैरहेको छ ।

यस बिषयमा प्रदिप भन्छन्–‘हो, रामबाबु दाई र मविच एउटा प्रोजेक्टमा काम गर्नुपर्छ भन्ने कुरा भएको छ । तर, चलचित्रको नाम र कथावस्तु के हुने भन्ने बिषयमा कुनै पनि कुरा भएको छैन । म नेपाल फर्किएपछि हामी यो बिषयमा फाइनल कुरा गर्नेछौ ।’|

नायक खड्काले नेपाल फर्किएपछि चलचित्र ‘लभ स्टेशन’को प्रमोशन गर्नेछन् भने वैशाखबाट उनी हेमराज वीसीको चलचित्रमा काम गर्दैछन् । नायक खड्काले आफू रामबाबुसँग काम गर्नका लागि उत्साहित रहेको समेत खुलाएका छन् । नायक खड्काले छायांकन हुने मात्र अब ३ वटा चलचित्र बाँकी छन् । उनी, नेपाली चलचित्रको महंगा नायकको रुपमा चिनिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?