+
+
Shares

म्यान्चेस्टर सिटीको सल्लाहकारमा नेपाली मुलका गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २० गते १२:३४

२० पुस, न्यूह्यामसर । अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेस्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन् ।

सिर्टीको मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषदले पारित गरेपछि बुधबार गुरुङले सल्लाहकारमा नियुक्ति पाएका हुन । उनले नगरको प्रशासकीय अधिकृत सिटी क्लार्कबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेका छन् ।

नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह दिनेछन् । उनको पदावधी १ जनवरी २०२२ सम्म रहनेछ ।

युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा, अभिवृद्धि, लागूऔषध मुक्त समाज लगायतका युवा केन्द्रित विभिन्न क्षेत्रमा बोर्डले काम गर्दै आएको छ । इलाममा जन्मिएका गुरुङ पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । न्यूह्यामसर नेपाली समाजका सचिव उनी न्युह्यामसर गुरुङ समाजका महासचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?