Comments Add Comment

प्रदेशसभामा सांसदको प्रश्न : रेशम चौधरीलाई सपथ खुवाउन कसरी मिल्यो ?

२० पुस, बुटवल । सांसद रेशम चौधरीलाई सपथ खुवाइएको बिषयले प्रदेश ५ को प्रदेशसभा बैठकमा प्रवेश पाएको छ । शुक्रबारको बैठकमा नेपाली कांग्रेसकी सांसद निर्मला क्षेत्रीले चौधरीको सपथ संविधानविपरीत भएको जिकिर गरिन् ।

उनले भनिन् ‘संविधानको कार्यान्वयन गर्ने सरकारले नै धज्जी उडायो, हिजो किन मिलेन र आज कसरी मिल्यो ?’

औचित्यबिना सपथ खुवाइएको प्रति आपत्ती जनाउदै उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् । क्षेत्रीले मालारानी १ का वडाअध्यक्ष विष्णु भुसाल पुस २ बाट बेपत्ता भएकाले उनको स्थिति खोजबिन गरी र परिवारजनलाई जानकारी गराउन प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।

अर्का प्रदेशसभा सदस्य तथा नेकपा नेता कमलराज श्रेष्ठले प्रदेशको नाम र राजधानी तोक्न ढिलाइ भएको बताए । उनले दुई तिहाईका आधारमा होइन, सर्बसम्मत नाम र सर्बसम्मत ठाउँको खोजी गर्नुपर्ने बताए ।

उनले सर्बसम्मतीको खोजीका लागि समिति बनेको बताउदै अब समितिको म्याद एक दिन पनि थप्न नहुने बताए । अब नाम र केन्द्र निर्धारण समितिको म्याद २ महिना बाँकी छ रहेको बताए ।

‘हामी नाम र राजधानी तोक्न सक्दैनौं भने अरु हामी के गर्न सक्छौं ? ’उनको प्रश्न छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment