Comments Add Comment

उद्योग बाणिज्य संघ गुल्मीको नेतृत्वका लागि तीनजनाको दावी

२० पुस, गुल्मी । उद्योग बाणिज्य संघ गुल्मीको नयाँ नेतृत्वका लागि होडबाजी सुरु भएको छ । संघको अधिबेशन यही पुस २७ र २८ गते हुँदैछ । अधिबेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

यसपटक संघको नेतृत्व चयनमा राजनीतिक रङ्ग मिसिएको छ । नेकपाले सबै पदका लागि उम्मेदवार उठाउने निर्णय गरेको छ । उता कांग्रेस निकट व्यवसायीले भने अघिल्लो अधिबेशनमा भद्र सहमति भएको भन्दै नेतृत्व पाउनुपर्ने दावी गरिरहेका छन् ।

अहिलेसम्म नेकपा र कांग्रेसबाट तीनजनाले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस निकट व्यवसायीबाट दुईजना छन् भने नेकपा निकट व्यवसायीबाट एकजनाछन् ।

नेकपाका तर्फबाट वर्तमान अध्यक्ष दुर्गा पाण्डेय, कांग्रेसबाट हालका बरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामी र उपाध्यक्ष इश्वरीप्रसाद पौडेलले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बरिष्ठताका आधारमा स्वतः अध्यक्ष पाउनु पर्ने भलामीको तर्क छ । उनले अघिल्लो वर्ष तत्कालीन नेकपा एमालेका व्यवसायीहरुसँग पनि भद्र सहमति अनुसार यसवर्ष अध्यक्षमा सहयोग गर्नु पर्ने बताए ।

बाणिज्य संघको इतिहासमा सहमति र बरिष्ठतमलाई प्रथामिकता दिएर नेतृत्व चयन गर्ने परिपाटी रहेकाले त्यसैलाई यसवर्ष पनि कायम राखिने कुरामा आफू बिश्वस्त रहेको बताए ।

अघिल्लो वर्ष अध्यक्षमा दावी गरेका भलामीले भद्र सहमति अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएका थिए । दुई कार्यकाल उपाध्यक्षमा रहेर काम गरेकाले यसवर्ष अध्यक्षमा उम्मेदवारी दिने उनको भनाइ छ ।

उनले एउटै पार्टीमा आस्था राख्ने दुईजना उम्मेदवार भएपनि पार्टी नेतृत्वसँग पनि छलफल गरेर अगाडि बढ्ने बताए ।

यता इश्वरी पौडेलले लामो अनुभव, पुरानो र अन्य केही संघ संस्थाहरुमा पनि नभएको र वाणिज्य संघको कामलाई पूरा समय दिएर काम गर्ने इच्चा शक्ति आफूमा रहेकाले अध्यक्ष पाउनु पर्ने दाबी गरेका छन् । उनले कुनैपनि हालतमा आफ्नो उम्मेदवारी अध्यक्ष बाहेक अन्य पदमा नरहेको बताए ।

नेपाली कांग्रेस निकट व्यवसायीहरुबाट उपाध्यक्षमा आधा दर्जन व्यवसायीले चासो देखाएका छन् । त्यस्तै महासचिवमा वर्तमान महासचिव तराप्रसाद भुसालको उम्मेदवार बनाउने बताइएको छ ।

नेकपाले वर्तमान अध्यक्ष दुर्गा पाण्डेयलाई अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गर्दै सबै पदमा उम्मेदवार उठाउने निर्णय गरेको छ । अन्य पदाधिकारीमा रेमलाल पाण्डेय, वीरेन्द्र भुसाल, दुर्गान्द्र बोहराको नाम चर्चामा रहेको छ ।

महासचिवमा रामप्रसाद पन्थीलाई उम्मेदार बनाउने निर्णय गरेको छ । सचिवसहित सदस्यहरुका लािग ४० जना भन्दा बढीले इच्छा देखाएका छन् ।

९ जना पदाधिकारी ८ जना सदस्य कुल १७ जना निर्वाचित २ जना महिला र ४ जना मनोनित गरी २३ जनाको कार्यसमिति बन्ने छ ।

बि.सं.०४० सालमा स्थानपना गरिएको संघमा ५०० बढी सदस्यहरु आबद्ध रहेको छन् । पाँचवटा उपशाखा समेत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment