+
+
Shares

श्रीमतीको हत्या गरेर हराएको भन्दै खोजीका लागि प्रहरीमा उजुरी

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २० गते १७:५८

२० पुस, नवलपरासी । बर्दघाट नगरपालिका-४ लक्ष्मीनगर निवासी २१ वर्षीया कमला चौधरीलाई श्रीमानले हत्या गरेकोको खुलेको छ ।

घाँसदाउरा गएकोबेला हराएकी भन्दै कमलाका श्रीमान सुनिल चौधरीले प्रहरीलाई खोजीका लागि उजुरी दिएका थिए ।

घटनाको अनुसन्धान गर्दै जाँदा सुनिलले नै हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रहरी नावय उपरीक्षक (डीएसपी) वीरेन्द्र थापाले जानकारी दिए ।

गत पुस ४ गते घाँस-दाउरा लिन जानेक्रममा क्रममा घरायसी विवादका कारण सुनिलले जंगलमै श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सूचना अधिकारी समेत रहेका डीएसपी थापाले बताए ।

सुनिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनिललाई प्रहरीले कर्तव्य जान मुद्दा अन्तरगत मुद्दा दायर गरी थप अनुसन्धान सुरु गरेको छ ।

कमलाको शव बुधबार बर्दघाटको चिसापानी जंगलमा फेला परेको थियो । प्रहरीले घटना शंकास्पद लागेपछि अनुसन्धान थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?