Comments Add Comment

विप्लव समूहका तीन मजदुर नेता पक्राउ

२० पुस, काठमाडौं । व्यापारीहरुलाई चन्दा माग्दै धम्क्याएको आरोपमा विप्लव समूहका तीन मजदुर नेता पक्राउ गरेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाले थापाथलीबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमाह हाइड्रो तथा खानी मजदुर संगठनका अध्यक्ष लोकेन्द्रराज थापा, उपाध्यक्ष विक्रम थापा र महासचिव केशवबहादुर बुढा छन् ।

विप्लव समूहका नाममा चन्दा मागेको र नभएमा भौतिक कारबाही गर्ने धम्की दिएको उजुरीका आधारमाथि अनुसन्धानका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment