Comments Add Comment

समायोजन अध्यादेशविरुद्ध सरकारी डाक्टरहरु आन्दोलनमा

२२ पुस, काठमाडौं । ‘कर्मचारी समायोजन अध्यादेश’ तत्काल सच्याउन दवाव दिँदै आन्दोलन सुरु गरेका सरकारी चिकित्सकहरुले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ गरेका छन् ।

आफूहरुको सेवा, सुविधा र बढुवासम्बन्धी प्रावधान कटौती हुने गरी सो अध्यादेश आएको भन्दै आन्दोलरत सरकारी चिकित्सक संघ, नेपाल (गोदान) मा आवद्ध देशभरका चिकित्सकहरुले तत्काल सच्याउन माग गर्दै आइइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय २ घण्टा घेराउ गरेका हुन् ।

अध्यादेशले आफूहरुको सेवा, सुविधासमेत कटौती गरेपछि त्यसलाई सच्याउन माग गर्दै मन्त्रालयमा घेराउलगायतका विरोधका कार्यक्रम गर्नुपरेको गोदानका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिए ।

सरकारी चिकित्सकहरुले समायोजन प्रक्रिया स्वेच्छिक बनाउन पनि सरकारसँग माग गरेका छन् । आफूहरुको माग सम्बोधन नभए अस्पतालको आकस्मिकबाहेकका सबै सेवा बन्द गरेर आन्दोलन गर्न बाध्य हुने पनि चिकित्सक मण्डलले बताए ।

सरकारले राज्यको कुनै पनि नीतिगत निर्णय प्रक्रियामा चिकित्सकहरुलाई सहभागी नगराउने गरी सो अध्यादेश आएको भन्दै मान्य नहुने सरकारी चिकित्सकहरुको अडान छ । उनीहरुले सो अध्यादेश आफूहरुको माग बमोजिम नसच्चिए समायोजन प्रक्रियामा सामेल नहुने घोषणा पनि गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment