Comments Add Comment

सात प्रदेशमा इन्दिराले गाउने, अन्जलीले नचाउने

‘ग्रिष्मा ब्रोडकास्टिङ’को आयोजनामा ‘सिएमसी सप्तरंगी, अ म्युजिकल जर्नी–२०१९’ आयोजना हुने भएको छ । देशका सातै प्रदेशमा आयोजना हुने यस कार्यक्रममा सात जना कलाकरहरुले प्रस्तुति दिनेछन् । ‘सात प्रदेश र सात हामी’ नाराका साथमा सुरु हुने यस कार्यक्रमको मुख्य उद्देश्य सद्भाव र ऐश्वर्यताका लागि भन्ने राखिएको छ ।

कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी र लोकगायक पशुपति शर्माले गीत गाउनेछन् भने मोडल अन्जली अधिकारीले नृत्य प्रस्तुत गर्नेछिन् । कमेडियन सन्दीप क्षेत्रीले उपस्थित दर्शकलाई हसाउँदा खेलाडी दीपक बिष्टले आफ्नो खेल दर्शकलाई देखाउनेछन् ।

यो कार्यक्रम माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने आयोजकले बताएको छ ।

‘सात प्रदेशलाई चिनाउन र त्यहाँको पर्यटकिय स्थानहरुलाई प्रचार गर्नका लागि पनि यस कार्यक्रमको आयोजना गरिएको हो’, आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले बताए । उनले भने–‘हामीले आर्थिक लाभका लागि यस कार्यक्रम गर्न लागेका होइनौ । हामीले सातै प्रदेशका जनताहरु बिच आपसी सद्भाव र सामिप्यता बढाउनका साथै पर्यटकिय हिसबमा पनि सातै प्रदेशको प्रचार गर्न कार्यक्रमको आयोजना गरेका हौं ।’

त्यस्तै, कार्यक्रममा उपस्थित कलाकारहरुले पनि यस्तो कार्यक्रममा जोडिन पाउँदा खुशी लागेको बताए । उनीहरुले आ–आफ्नो तर्फबाट यस कार्यक्रमलाई राम्रो गर्न लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment