Comments Add Comment

बम्जनबाट पीडित भए उजुरी दिन प्रहरीको आग्रह

२२ पुस, सिन्धुपाल्चोक । तपस्वीका रुपमा चर्चामा आएका रामबहादुर बम्जनको आश्रममा दुई दिनसम्म सर्च अप्रेसन चलाएको प्रहरी आइतबार फर्किएको छ ।

केही सबुत प्रमाण हाता लागेको र अझै आश्रमलाई उच्च निगरानीमा राखिने प्रहरीले बताएको छ । ‘केही प्रमाणहरु फेला परेको छ’ सिन्धुपाल्चोक प्रहरी प्रमुख एसपी मुकुन्द मारासिनीले भने, ‘बम्जनको आश्रम उच्च प्रहरीको निगरानीमा छ ।’

सर्चका क्रममा प्रहरीले बम्जनको आश्रमदेखि ३०० मिटर पर खाल्डोमा पुरिएको नुनको प्याकेट फेला पारेको थियो । माटो समेत केही शंकस्पद लागेकाले त्यसलाई पनि परीक्षणका लागि पठाउने तयारी प्रहरीले गरेको छ ।

पीडित पक्षले ढिला जाहेरी दिएकाले अनुसन्धानमा ढिलाई भएको प्रहरी प्रमुख मरासिनीले बताए । बम्जनमाथि अनुसन्धान सुरु गरेको भन्दै उनले अरु पीडित भए उजुरी दिन आहृवान गरे । एउटा धर्मसम्बन्धी घटना भएकाले यो केशमा हामी निकै संवेदनशील भएर अनुसन्धान गरिरहेका छौं’ मारासिनीले भने ।

मकवानपुरका सञ्चलाल वाइबा २०७१ चैत १५ गतेदेखि बेपत्ता भएका थिए । बाबु बेपत्ता भएपछि छोरा महेन्द्रले प्रहरीमा दिएका थिए । जाहेरी आउन साथ प्रहरीले इन्द्रावती गाउँपालिकाको बाँडेगाँउस्थित बम्जनको आश्रममा छापा मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment