Comments Add Comment

वाइडवडी खरिदबारे उठेका प्रश्नको जवाफ दिन पर्यटनमन्त्रीले बोलाए पत्रकार

२३ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमले भित्र्याएको २ वाइडबडी विमान खरिदबारे उठेका प्रश्नको आज जवाफ दिने भएका छन् । त्यसका लागि उनले बिहान १० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछन् ।

वाइडबडी खरिदबारे छानबिन गर्न संसद्को सार्वजनिक लेखा समितिले गठन गरेको समितिले मन्त्री अधिकारीसहितका व्यक्तिहरुलाई दोषी देखाएको छ । छानबिन समितिको निष्कर्षपछि मन्त्रीले राजीनामा दिनुपर्ने माग उठिरहेका बेला अधिकारीले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।

कतिपयले सोमबार आयोजना हुने पत्रकार सम्मेलनबाटै मन्त्रीले राजीनामा दिनसक्ने बताए पनि अधिकारीको सचिवालयले विमान खरिदबारे प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरिएको जनाएको छ ।

वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविनका लागि गठित उपसमितिले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको छ । मन्त्री अधिकारीसहित बहालवाला सचिवहरुलाई समेत कारवाहीका लागि सिफारिस गरेको वाइडबडी विमान खरिदमा विशेष भूमिका निर्वाह गरेका निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारलाई तत्कालै निलम्वन गरी कारवाही गर्न सिफारिस समेत गरेको छ ।

पर्यटनमन्त्री अधिकारी, पर्यटन सचिव कृष्णप्रसाद देवकोटासँगै महत्वपूर्ण मन्त्रालय मानिने गृहका सचिव प्रेमकुमार राईलाई समेत तत्कालै निलम्वन गरी कानुन अनुसारको हदैसम्म कारबाही गर्न समेत समितिले सिफारिस गरेको छ । यसबाहेक दुई जना पूर्वपर्यटनमन्त्रीलाई समेत कारबाही हुनु पर्ने प्रतिवेदनको निश्कर्ष छ ।

उपसमितिको प्रतिवेदनमाथि आजै ११ बजेदेखि लेखा समितिमा समेत छलफल हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment