Comments Add Comment

तैमुर जस्तो स्वस्थ बच्चा जन्माउन सबै किसिमका सागसब्जी खाएँ: करिना

बलिउड स्टार किडमा अहिले सर्वाधिक चर्चा कसको हुन्छ ? निसन्देह तैमुरको । त्यसो त तैमुरको चर्चा हुनुमा पनि कारण छ । उनी बलिउडकी जिरो फिगर अभिनेत्री करिना कपूर र अभिनेता सैफ अलि खानका छोरा जो परे । कपूर खानदानका नाती तथा भान्जा ।

तैमुर अली खान आफ्नो सुन्दरतालाई लिएर सोशल मिडियामा निकै चर्चामा छन् । तैमुर खान उमेरले जम्मा दुई वर्षका भए ।  तर, उनको गोरो रङ्ग, हल्का खैरो कपाल तथा निलो आँखा तथा गोलो मोटो गाला देखेर जोसुकै व्यक्ति पनि आर्कषित हुने गर्छ ।

उनलाई सुन्दर बनाउनुमा आमा करिना कपूरको निकै ठूलो भूमिका रहेको पाइन्छ । आखिर, करिना कपूरले गर्भावस्थामा त्यस्तो के खाएकी थिइन् , जसले तैमुरलाई यति धेरै गुड लुकिङ र ह्याण्डम बनायो ?

यसको खुलासा करिना कपूरले हालैमा मात्र भारतको चर्चित पत्रिका नवभारत टाइम्ससित गरेकी छिन् ।

प्रशस्त मात्रामा घिउ खाएँ

भारतीय अभिनेत्री करिना कपूरका अनुसार उनी घिउ भनेपछि हुरुक्कै हुन्छिन् । उनले गर्भावस्थामा पनि घिउको सेवन पर्याप्त मात्रामा गरिन् । गर्भावस्थामा उनले आफूलाई मनपर्ने खानपानमा पनि कुनै किसिमको बन्देज लगाइन्न । बरु उनले खानपानमा विशेष ध्यान दिइन् र जुनसुकै खानेकुरा खाएपनि सही समयमा उचित परिणाममा मात्र सेवन गर्थिन् ।

सबै किसिमको सागसब्जी खाएँ

करेला, लौका लगायतका तरकारी धेरैको रोजाईमा पर्दैन । तर करिना कपुरले भने ती सबै तरकारीको सेवन गरिन्, जो सामान्य अवस्थामा मानिसहरुलाई खासै मन पर्दैन । बरु उनी छोरा तैमुरले पनि यी सबै खानेकुरा खाओस् भन्नेमा समेत सधैभरी सचेत छिन् ।  उनी चाहन्छिन्,  छोार तैमूले पनि यी सबै खानेकुराको स्वाद लिने बानीको विकास गरोस् ।

नास्ता छोडिनन्

गर्भावस्थामा स्वस्थ तथा आहार जरुरी छ । यो कुरालाई करिनाले जहिलेजनि गम्भीरतापूवर्क लिइन् । उनले गर्भावस्थामा खानपानलाई कुनै प्रकारको हेलचक्राई गरिनन् । उनी जहिले पनि विहानको नास्ता गरेर मात्रा अन्य काम गर्थिन् ।

उनी भन्छिनन्,’ मलाई विहान उठ्ने वित्तिकै खाना खानु परथ्र्यो । अन्यथा मेरो दिमागले काम गर्नै छोड्थ्यो । त्यसैले म विहान वर्कआउट गर्नु पहिले नै अण्डा र टोष्ट  वा ज्वानो हालेको परौठा नास्तामा लिन रुचाउँथे’ ।

विहान सबेरै उठ्थे

करिना भन्छिन्, गर्भावस्थाका क्रममा उनको अनुहारमा जुन किसिमको चमक थियो, त्यसको मुख्य कारण भनेकै विहान सबेरै उठ्नु थियो । गर्भावस्थामा करिना राती साढे दश बजे सुत्थिने भने विहान साढे सात बजे नै उठ्थिन् ।

सधै सक्रिय रहिन्

करिनाका अनुसार कुनै काम नगरेर आराम गर्नु मात्र पनि गर्भावस्था हैन । त्यसैले, उनी प्रत्येक गर्भवती महिलाहरुलाई यही सल्लाह दिन चाहन्छिन् की गर्भवस्थामा निस्कि्रय हैन, सकि्रय जीवन विताऔ । यो कुरालाई उनले दैनिक जीवनमा लागु पनि गरिन् । गर्भावस्थामा उनले फिल्मको सुटिङ्ग पनि गरिन् । विभिन्न विज्ञापनमा पनि काम गरिन् । त्यतिमात्र हैन, तैमुर जन्मेको दुई महिना नपुग्दै उनले वर्कआउट पनि सुरु गरिन् ।

चिकित्सकको सल्लाह लिए

करिना भन्छिन्, उनले गर्भावस्थालाई एउटा जर्नीको रुपमा बुझिन् र यसको लागि बाटो आफै बनाइन् । अरुको सल्लाह लिइन् तर त्यही गरिन् जो आफूलाई ठिक लाग्यो । यसबाहेक, ससाना कुरामा पनि चिकित्सकको सल्लाह लिइन् । जसले गर्दा नौ महिनामा हुने प्रत्येक वदलावलाई उनले नजिकबाट महसुस गर्ने अवसर प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment