+
+
Shares

अरुको नाममा लाइसेन्सको ट्रायल दिने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष २५ गते १५:११

२५ पुस, वीरगञ्ज । अर्को व्यक्तिको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका ७ निर्मलबस्ती बस्ने प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनले निर्मलबस्तीकै विवेक विश्वकर्माको सट्टामा मोटरसाइकलको लाइसेन्सका लागि ट्रायाल परीक्षा दिँदै गर्दा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले सुनारलाई पक्राउ गरेको थियो ।

प्रहरीले आफ्नो सट्टामा अरुलाई ट्रायल परीक्षा दिन लगाउने विवेक विश्वकर्मालाई समेत पक्राउ गरेको छ । दुवै जनालाई मुलुकी फौजदारी संहिता अन्र्तगत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्रको ट्रायल परीक्षा वीरगञ्ज महानगरपलिका २३ स्थित भेहिकल एण्ड ड्राइभिङ सोलुसन प्रालिद्वारा सञ्चालित ट्रायल सेन्टरमा हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?