Comments Add Comment

बंगलादेशमा सन्दीप विकेट लिन असफल

२५ पुस, काठमाडौं । सिलेट सिक्सर्सबाट खेलका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) क्रिकेटमा विकेट लिन असफल भएका छन् ।

बुधबार भएको खेलमा सन्दीपले चिटगाउँ भिकिंग्स विरुद्ध खेलेका सन्दीपले विकेट लिन असफल भए । उनले चार ओभर बलिङ गर्दै बिना विकेट २१ रन खर्चिए ।

उनले आफ्नो अन्तिम ओभरमा ९ रन खर्चेका थिए । उनले यो ओभरमा एक चौका खान पुगे । त्यस्तै, आफ्नो व्यक्तिगत पहिलो ओभरमा मात्र चार रन खर्चेका सन्दीपले दोस्रो ओभरमा भने तीन रन दिएका थिए । त्यस्तै तेस्रो ओभरमा भने उनले पाँच रन खर्चिए ।

यसअघि आइतबार सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले आफ्नो डेब्यु खेलमै दुई विकेट लिन सफल भएका थिए ।

उनले कोमिला भिक्टोरियन्सविरुद्ध दुई विकेट लिएका थिए । सन्दीपले पूरै चार ओभर बलिङ गर्दै मात्र १६ रन खर्चेका थिए ।
बिग ब्यास खेल्दै गरेका सन्दीप बीचैमा अष्ट्रेलियाबाट बंगलादेश गएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment